निर्देशक सुदर्शन थापाले अभिनेता अनमोल केसीसँग सहकार्य गर्ने भएका छन् । `रावायण’ नाममा बन्न लागेको फिल्ममा सुदर्शनको अनमोलसँग सहकार्य गर्ने तयारी रहेको हो। फिल्मको निर्माण सुदर्शन आफैँले गर्नेछन् ।एक्सन-लभ स्टोरी कथामा बन्न लागेको फिल्ममा पहिलो पटक अनमोल दोहोरो भूमिकामा देखिँदै छन् । फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङको नाम चर्चामा छ । तर, उनीसँग निर्माण टिमको सम्झौता भैसकेको छैन ।‘रावायण’को लेखन शिवम अधिकारीले गरिरहेका छन् ।आगामी भदौदेखि फिल्मको छायांकन सुरु गर्ने निर्माण टिमको योजना रहेको छ ।