चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट एकाएक चर्चामा आएका नायक हुन प्रदिप खड्का । लगातार दुई चलचित्र हिट दिएसँगै उनको फ्यान फलोइङ लोभ लाग्दो छ । हालै उनी अभिनित ‘प्रेमगीत २’ प्रदर्शन भएसगै उनको क्रेजको प्रमाणित गरिसकेको छ ।
यति बेला ‘प्रेमगीत २’ युनिट चलचित्र लिएर थाइल्याण्ड पुगेकाे छ । थाइल्याण्डमा हाउसफूल साे गरिरेहेकाे चलिचत्रकाे मु्ख्य नायककाे प्रदिपकाे क्रेज नेपालमा जस्तै थाइल्याण्डमा पनि उस्तै देखिएको छ ।
थाइल्याण्डमा प्रदीपको फोटो प्रिन्टेड टिसर्ट लगाएर युवतीहरु चलचित्र हेर्न पुगेका थिए। दर्शकको बिचमा घेरिएका प्रदिपसँग फोटो खिचाउने दर्शकहरु खचाखच देखिएका थिए । थाइल्यान्डमा प्रदिप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन लगायतको टोली पुगेको छ।