याना सुनुवार र प्रवचन शाक्यको आवाज र रचनामा `प्रशंसा´ बोलको गीत सार्वजनिक गरिएको छ । युट्युब च्यानल ओएस आर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सङ्गीत गायक शाक्यकै रहेको छ । 

 

 

सरोज पौडेलको निर्देशन रहेको भिडियोमा रङ्गकर्मी सन्जोग सुन्दास र सब्बु गुरुङ फिचर्ड छन् । सिता रिजालको निर्माण रहेको भिडियोको दृश्य कैद प्रतीक श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पूर्ण काम बिरुन स्टुडियोमा गरिएको हो ।