'द भ्वाइस अफ नेपाल' फेम्ड गायक अजेष पौडेलको 'जे छु ठिकै छु' गीत सार्वजनिक भएको छ।गायक डम्बर हिङ्ग्मांगको शब्द सङ्गीत, देवाशिश तामाङको एरेन्ज, मनोज थापा मगरको मिक्सिङ्ग तथा मास्टरीङ्ग गीतमा समावेश छ ।
सिनेरा फिल्म्स ब्यानर तथा अजेषको निर्माणमा बनेको गीतको भिडियोमा गायक अजेष सँगै टिकटकर् अनिषा ओलीको अभिनय रहेको छ । अशोक भुजेलले निर्देशन गरेको भिडियोलाई विकास दाहालले सम्पादन र अनिल कटवालको छायाङ्कन गरेका हुन् ।