फिल्म `उपहार´ मा नायिका बेनिशा हमाल जोडिएकी छिन्। मुख्य भूमिकामा उनलाई निर्माण टिमले अनुबन्धित गरेका हुन् । अभिनेत्री बेनिशा हमालको इन्ट्रीसंगै शीर्ष ३ महिला कलाकारको लाइनअप पुरा भएको हो। नायिका रेखा थापा , पूजा शर्मा र बेनिशाको सहकार्य फिल्ममा रहने छ । रेखा थापा यस फिल्मकी निर्मात्री पनि हुन् । रेखा फिल्म्स तथा कपनगढी फिल्मको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा नायिका पूजा शर्मा पनि रहेकी छिन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्मको छायांकन काठमाडौँ आसपासमा गर्ने तयारी गरिएको छ ।आगामी भदौबाट छायांकनमा जाने ‘उपहार’मा तीन नायिकाको अभिनय रहने छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् ।