फिल्म ‘रङ्गेली ग्याङस्टर’मा अभिनेताद्वय दयाहाङ राई र प्रवीण खतिवडा अनुबन्धित भएका छन् । निर्माण टिमले मुख्य भूमिकामा दुई अब्बल कलाकारहरूलाई फिल्ममा अनुबन्धित गरेका हुन् ।भदौ २० गतेबाट छायाङ्कनमा जाने फिल्ममा यस अघि अभिनेता अर्पण थापा र अभिनेत्री मिरुना मगर अनुबन्धित भएका थिए । जीतेन्द्र खतिवडा निर्माता रहेका ‘रङ्गेली ग्याङस्टर’ फिल्ममा अन्य कलाकारहरूको पनि अभिनय रहने छ । ती कलाकारहरू भने निर्माण टिमले ‘कास्टिङ कल’ मार्फत छनौट गर्ने छन् ।