चलचित्र ‘रक स्टार’ को ‘कौन गाया कौन’ चलचित्र ‘गजनी’ को ‘गुजारिश’ चलचित्र ‘रांझना’ को ‘तुम तक’ चलचित्र ‘बजरंगी भाईजान’ को ‘तु जो मिला’ लगायतका ५०० भन्दा धेरै हिन्दी गीतका प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन् । शुक्रवार प्रिभे नेपाल, द सोल्टी काठमाडौँमा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौँ आइपुगेका हुन । उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो । उस्ताद हमिद हुसेनका छोरा जावेद सानै उमेरदेखि लोकप्रिय कव्वाली गायनको वातावरणमा हुर्केका थिए । विभिन्न सङ्गीत प्रतियोगिताहरूमा भाग लिएर, उनले आफ्नो गायन कलालाई अझै निखारे र अन्ततः उनी बलिउडमा जमे । लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन् । भोलि शुक्रवार हुने उनको प्रस्तुति हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ । सङ्गीत प्रेमीहरू उनको प्रस्तुति हेर्न अत्यन्त उत्साहित देखिएका छन् ।