बलिउडका चर्चित गायक जावेद अलि नेपाल आएका छन् । लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन् । शुक्रवार प्रिभे नेपाल, द सोल्टी काठमाडौँमा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौँ आइपुगेका हुन ।आज शुक्रवार हुने उनको प्रस्तुति हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ । सङ्गीत प्रेमीहरू उनको प्रस्तुति हेर्न अत्यन्त उत्साहित देखिएका छन् । दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा समावेश गीत ‘श्रीवाली’ उनको पछिल्लो हिट गीत हो । यसबाहेक ‘तेरी झलक असर्फी’, फिल्म तुम मिलेको ‘तु ही हकिकत’, बजरंगी भाइजानको ‘तु जो मिला’, कजरा रे, गलत बात हे लगायतका उनका गीत चर्चित छन् ।