आजबाट फिल्म `अदृश्य´ सिनेमा घरमा प्रदर्शनमा आएको छ । प्रह्लाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्मले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता अपराधको कथा उठान गरेको छ ।पीताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह-निर्माता हुन् ।फिल्मले काठमाडौंका मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ, त्यो पनि एकाधमा । क्यूएफएक्स चेनले काठमाडौंबाहेक विराटनगर, नेपालगञ्ज, नारायणगढ, विर्तामोड र दमौलीमा एक/एक शो बाँडेको छ । त्यस्तै, काठमाडौंका विएसआर, आइएनआई, रञ्जना, वान सिनेमाजलगायतले पनि फिल्मलाई एक/एक शो मात्रै दिएका छन् । यसले हलवालालाई फिल्मप्रति अपेक्षा नभएको देखाउँछ ।राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईँ र मोहन कुमार झिल्लुको छायांकन रहेको फिल्ममा प्रमोद अग्रहरी ,रिश्ता बस्नेत, प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रबी गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।