तोकिएको समयमा छायांकन नहुने भएपछि फिल्म `कामिनो´ बाट कलाकारहरू बाहिरिने क्रम जारी रहेको छ । अनुबन्धित भैसकेका यस फिल्मका कलाकारहरू सौगात मल्ल, राजबल्लभ कोइराला र नीति शाह बाहिरी सकेका छन् । हालै मात्र नायिका वर्षा सिवाकोटीले पनि `कामिनो´ बाट हात निकालेकी छन् । साथै , फिल्मका मुख्य खम्बा रहेका प्रदीपले पनि चाडै नै यस फिल्मबाट टाढा रहने बुझिएको छ । केही महिना अघि फिल्मको भयंकर चर्चा बजारमा चलेको थियो । करोडौँ लगानीमा बन्ने भन्दै फिल्मका निर्देशक दीपक ओली र अभिनेता प्रदीप खड्का लोकेसन हन्टको लागी बाहिर समेत हानिएका थिए । नेपालसँगै मेक्सिको र ब्राजिलमा फिल्म खिचिने भन्दै बजारमा निर्माण टिमले ठुलै ताली पिटेका थिए ।