मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्र ‘हामी तीन भाई’को छायांकन सुरु भएको छ । चलचित्रको शुक्रवार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको हो ।


साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हवल्दार), यादव देवकोटा (सरापे), भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, बिकास चापागाईँ, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।


निर्देशक भट्टराईको कथा रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण हुने चलचित्रमा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको सङ्गीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको छ ।