गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो 'तिम्रो साथमै जिउने चाहाना' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतकको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।
सार्वजनिक भिडियो आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो। भिडियोमा सुधिर पनि बिशेष भुमिकामा देखिएका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।
सुधिर श्रेष्ठको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वककर्माको कलर तथा शम्भु श्रेष्ठ प्रोडक्सन म्यानेजरको रुपमा आवद्ध छन् ।