समिप ईन्टरटेन्मेन्टकाे प्रस्तुतीमा गायक रामकृष्ण ढकालकाे आवाज रहेकाे 'दिन ढल्यो' बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द हिमाँशु रायमाझी गाेधुलीकाे रहेको छ भने सङ्गीत वरिष्ठ सङ्गीतकार राम सिटौलाले भरेका छन् ।

दिलिप समनद्वारा निर्देशित भिडियोमा प्रज्वल जङ्ग कार्क‌ी, अनिमा विश्वकर्मा, रितेश ढकालकाे अभिनय देख्न सकिन्छ। उक्त गीतलाई मिलन सँकरले खिचेका हुन् भने भिडियो सम्पादन तथा कलरिङ्ग फराज अर्पणकाे रहेको छ।

गीतमा युगल जोडी बिच हुने प्रेम र बिछोडको कथा देखाइएको छ। गीतलाई समीप ईन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ।