फिल्म 'वरिष्ठ बलाराम'मा अभिनेता दयाहाङ राईको ईन्ट्रि भएको छ । निर्माता रोहित अधिकारीको निर्माण रहने फिल्ममा अभिनेता राई लाई निर्माण टिमले मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् । यस अघि फिल्ममा खगेन्द्र लामिछाने र अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी अनुबन्ध भइसकेका छन् ।सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको फिल्ममा रोहित अधिकारीको लगानी रहनेछ । रोहितसँगै वरिष्ठ बलराममा ओएसआर डिजिटलका प्रबन्ध निर्देशक ओम अग्रवालले पनि लगानीमा सहकार्य गर्नेछन् ।दयाहाङ, खगेन्द्र र दिव्या पछि फिल्ममा बुद्धि तामाङ, विजय बराल र अर्को एक सशक्त कलाकार भित्रिन सक्ने सम्भावना पनि रहेको छ । फिल्मको सह निर्मातामा मनोज ओली र रामु न्यौपाने रहने छन् ।