नेपाली सिने क्षेत्रमा एक आपसमा फिल्म भिडन्त गराउने कुरा कुनै नौलो हैन । विदेशी फिल्मसँग जुधाउन पर्दा पानीमा रुझेको बिरालो जस्ता हुने  निर्माता- निर्देशक नेपाली फिल्मसंग जुधाउन पर्‍यो भने बाघ भएर निक्लिन्छन् । यसो त रिलिज मिति पछि सार्ने कुरा निक्लियो भने `त्यो भन्दा म के कम्´ भन्ने कुरा बिचैमा निकाली हाल्छन् ।भिड्दा कसैलाई फाइदा छैन भनेर उनीहरूले नबुझेका होइनन् ।

Cine Pati

रिलिज पस्चात फिल्मले बक्स अफिसमा पानी भन्न नपाउने स्थितिमा पुगे पछि चाही हललाई दोष दिन्छन् सो कम् पाएको भन्दै !  साथै , स्टारहरू राखेर बिना प्रचार प्रसार दर्शकलाई हल् सम्म तान्छु भन्ने भ्रम पनि थुप्रै निर्माता -निर्देशकहरुमा पछिल्लो समय देखिएको छ । कुरा रह्यो भदौ १४ गते रिलिजमा आउन लागेको दुई फिल्मको । फिल्म `ऐंचौ पैँचो´ र `गणपति´ । रिलिज मिति नजिकिँदै गर्दा `ऐंचौ पैँचो´ ले तीव्र गतिमा प्रचार प्रसार सुरु गरिसकेको छ । फिल्म `गणपति´ को प्रचार प्रसार भन्ने शून्य नै छ । `ऐंचौ पैँचो´ को सार्वजनिक टिजर र `काले केटाले´ बोलको गीतले  राम्रै चर्चा बटुलेको छ । तर  `गणपति´ को भने सार्वजनिक भएको गीतेले पनि चर्चा बटुल्न सकेको छैन । साथै ट्रेलर पनि चाडै नै रिलिज गर्ने तयारीमा निर्माण टिम छन् ।  यी  दुवै फिल्ममा अभिनेता मुकुन भुसाल मुख्य भूमिकामा छन् ।  

Cine Pati

 लक्ष्मण थापाको निर्माण रहेको `गणपति´ लाई  सविन अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा हरिबहादुर घलेको छायांकन छ ।फिल्ममा मुकुन भुसाल , मेनुका प्रधान ,जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको पनि अभिनय छ । यसै गरी कृषा चौलागाई निर्देशित 'ऐंचौ पैँचो' लाई  केपी फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।