सरिता राईको आवाजमा `फूलको धारले´ बोलको गीत रिलिज गरिएको छ । दुर्गा पराजुलीको कम्पोज र मिश्रा गुरुङको रचनामा सार्वजनिक गरिएको गीतमा अभिनेता तथा मोडल स्राज ग्राच ,रचना सिवाकोटी र विमला खाजुम लिम्बुको नृत्य देख्न सकिन्छ । 

किरण कँडेलको एरेन्ज, मिक्सिङ मास्टरिङ भिडियोमा समावेश छ ।  कमल राईको निर्देशन र शिव ढकालले दृश्य कैद गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलरिङ गरेका हुन् ।