अभिनेता दयाहाङ राईलाई लिएर फिल्म ‘घर ज्वाइँ’ निर्माण हुने भएको छ । निर्देशक अनिल मगर बुढाको निर्देशन रहने फिल्मको लागि अभिनेता राईले सम्झौता पनि गरी सकेका छन् । आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्मातामा जनक खत्री मगर छन् ।विनोद खतिवडा, सुवास कोइराला र निर्देशक मगर स्वयंको लेखन रहेको ‘घर ज्वाइँ’मा शिशिर वाङ्देल र राज थापा मगरको पनि अभिनय रहनेछ । दयाहाङ राईको अपोजिटका लागि भने अभिनेत्रीको पनि टुङ्गो लागेको छैन । दयाहाङले गएको एक महिनामा मात्रै तीनवटा फिल्म सम्झौता गरेका छन् । गत हप्ता ‘रङ्गेली ग्याङस्टर’ र ‘वरिष्ठ बलराम’ साइन गरेका थिए ।