फिल्म ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ ।`आज मन भारी मगन’ बोलको गीतमा केतन क्षेत्रीको स्वर, कोशिस क्षेत्री र केतन क्षेत्रीको शब्द रचना तथा संगीत छ । गीतमा फिल्मका पात्रहरूको मनोभाव र परिस्थितिलाई देखाइएको छ । 
 

 

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बनेको फिल्ममा चार नारी पात्रको कंथा समेटिएको छ। फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।  निर्देशक गणेश देव पाण्डेको निर्देशन र विवेक खड्काको छायाङ्कन रहेको फिल्मको सम्पादन अन्जय खड्काले गरेका हुन् । फिल्मको कार्यकारी निर्माता नवीन भट्ट हुन् । भदौ १ गतेबाट रिलिजमा आउने फिल्मलाई निर्मात्री आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।