आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महानगर’ को ट्रेलर सार्वजनिक भएको छ ।आफ्नो सपना पूरा गर्न चार भञ्ज्याङ आएकी मेनुकाको कार्मसँग भेटपछि आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ  मोहन राईद्वारा निर्देशित फिल्म करिब ५ वर्ष अगाडि निर्माण भएको हो ।माउन्टेन रिभर फिल्मस् र गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको फिल्ममा अभिनेता कर्मा शाक्य, अभिनेत्री मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डेलगायतको पनि अभिनय छ ।


 

यो फिल्म पहिलो पटक सन् २०२१ मा ‘कलकत्ता फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भएको ‘महानगर’ त्यसपछि अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल र स्पेनमा एसियन फिल्म फेस्टिभलमा पनि प्रदर्शन भएको थियो । फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली र क्रियटिभ निर्माता नवनिधि दाहाल हुन् ।नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन तथा पुष्पासंगमको संगीत फिल्ममा रहेको छ ।