फिल्म `काजी´ निर्माण हुने भएको छ । अभिनेता विपिन कार्कीलाई अनुबन्धित गर्दै फिल्म निर्माण हुने भएको हो । लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्ममा नायिका वर्षा सिवाकोटी ,विजय बराल, बुद्धि तामाङ, सुमन कार्की ,कैलाश कार्की र सन्दीप बाबु लोहनीको पनि अभिनय रहनेछ ।रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी भदौबाट सुरु गर्ने तयारी निर्माण टिमको रहेको छ । निर्माण अगावै आगामी चैत ३० गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिसकिएको छ ।निर्माता रामप्रसाद रिजालको नयाँ फिल्म ‘गणपति’ आगामी भदौ १४ गतेबाट प्रदर्शन हुँदै छ ।