गायक एकदेव लिम्बुको आवाज , रचना र कम्पोजमा अफिसियल म्युजिक भिडियो `डुबी सके´ रिलिज गरिएको छ । गायक लिम्बुकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा सलिन मगर (हूक स्टुडियो) को निर्माण रहेको छ । शाश्वत श्रेष्ठले मिक्सिङ मास्टरिङ गरेको भिडियोलाई थोमस र भुचुङले संयुक्तमा खिचेका हुन् । भिडियोमा श्वेता लामालाई फिचर्ड गरिएको छ । थोमसको निर्देशन र सम्पादन रहेको भिडियोमा स्टाइल अनिशा वाइबा र मार्कुस तामाङ ,डिसी प्रगति पुन , गितार निपेश परियार र विशाल क्षेत्री साथै बासमा सुशील शाक्य रहेका छन् ।
भिडियोमा अडियो प्रोजेक्ट हेड विवेक राईलाई पनि समावेश गरिएको छ । साथै, विशेष धन्यवादमा विजय मगर , ग्यान्जु शेर्पा, अनमोल लिम्बु, विशाल भट्ट,पारस एलेक्स, प्रधुमन नेपाल , राजु यकुचा,सुवास लिम्बु, मनोज सापकोटा र नवीन अधिकारीलाई पनि निर्माण टिमले सम्झेका छ्न ।