दयाहाङ राई अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल-२०२३’मा छनोट भएको छ । उक्त फेस्टिभलमा छनौट भएको अभिनेता राईको यो दोश्रो फिल्म हो । यस अघि उनको `सेतो सूर्य´ नामक फिल्म छनौट भएको थियो । ‘गाउँ आएको बाटो’ ‘सेन्टर पिस’ सेक्सनमा छानिएको हो । सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने फेस्टिभलमा निर्देशक सुब्बा सहभागी हुने जनाइएको छ ।राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबु-छोराको सम्बन्धमा आउने उतार-चढावमा आधारित रहेको छ ।फिल्ममा दयाहाङका साथै पशुपति राई, प्रसन राई, केशव राई, प्रेम सुब्बा, राज थापा, सुमित्रा राई आदिको अभिनय छ । महेश राई र निर्देशक नवीन सुब्बाको लेखन रहेको फिल्ममा अमेरिकी नागरिक जोस हेरमको छायांकन रहेको छ ।