निर्देशक सुदर्शन थापाको निर्देशन तथा निर्माणमा बन्न लागेको फिल्म ‘रावायण’ मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्। निर्माण टिमले फिल्ममा यी दुई अब्बल कलाकारहरूलाई मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् । `एक्सन-लभ स्टोरी कथामा बन्न लागेको फिल्ममा यस्अघी अभिनेता अनमोल केसी र नीति शाह अनुबन्धित भैसकेका छन् ।  दोहोरो भूमिकामा देखिँदै छन् । `रावायण’को लेखन शिवं अधिकारीले गरिरहेका छन् ।आगामी भदौदेखि फिल्मको छायांकन सुरु गर्ने निर्माण टिमको योजना रहेको छ । उक्त फिल्ममा अनमोलको डबल रोल रहने जनाइएको छ । उनी पहिलो पटक फिल्ममा दोहोरो भूमिकामा देखिन लागेका हुन् ।