निर्देशक रामबाबु गुरुङको आगामी फिल्म ‘डिग्री माइला´ को टाइटल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको रिलिज मिति घोषणा गर्दै फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । नयाँ वर्ष २०८१ लाई फिल्मलाई प्रदर्शन मिति  घोषणा गरिएको छ । बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा फिल्मको छायांकन हुनेछ ।कमेडी जनरामा निर्माण हुने  फिल्मको कास्ट एन्ड क्रु भने सार्वजनिक गरिएको छैन ।