उदाउंदो गायकको रूपमा आफूलाई साङ्गीतिक क्षेत्रमा स्थापित गराउने क्रममा गायक लिजन्स श्रेष्ठले आफ्नो नयाँ साङ्गीतिक कोसेली "मायामा" सार्वजनिक गरेका छन् । आफ्नै स्वर, शब्द तथा सङ्गीतमा तयार पारिएको उनको यो गीतको भिडियोलाई आफ्नै अफिसियल च्यानल लिजन्स श्रेष्ठबाट सार्वजनिक गरेका हुन । हाल दुबईलाई आफ्नो कर्मथलो बनाएका लिजन्सको यो भिडियो भने नेपालमै छांयाकन गरिएको हो । 

 

 

भिडियोमा उनलाई आफ्नै जीवनसाथी रुबिनाले साथ दिएकी छिन भने त्यस बाहेक उनको आफ्नै भाइ सुजन्स र बुहारी बीनीको अभिनय पनि देख्न सकिन्छ थाजभिलेको प्रोडक्सनमा तयार पारिएको भिडियोलाई योन्सा मगरले छांयाकन तथा सम्पादन गरेका हुन भने ग्राफिक निश्चल लामाले गरेका हुन ।   भिडियोको निर्देशन भने स्वयम गायक लिजन्स श्रेष्ठले नै गरेका हुन ।भिडियोलाई सबैले माया गरिदिनु हुन गायक लिजन्सले सबै सङ्गीत प्रेमीहरूलाई आग्रह गरेका छन् ।