प्रसिद्ध कवि तथा गीतकार सरला श्रेष्ठको गीत 'माटोको महिमा' सार्वजनिक गरिएको छ । मदनकृष्ण श्रेष्ठ र अन्जु पन्तको आवाज रहेको गीतमा नारायण आलीको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ ओम प्रकाश अवस्थीको निर्देशन र सम्पादन रहेको भिडियोलाई रक कौशलले दृश्य कैद गरेका हुन् ।
अन्जु पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको 'माटोको महिमा' गीतले प्रत्येक नेपालीलाई आफ्नो माटोप्रतिको मायामा समर्पित हुन प्रेरित गर्छ ।