भारतको चर्चित फेशन रियालिटी सो ‘इन्डियाज नेक्स्ट टप मोडल’को सिजन ३ मा नेपाली मोडल सबिता काकीए सहभागी हुने भएकी छिन् । काठमाडौँकी २३ वर्षीय कार्की नेपालकी व्यस्त मोडल भित्र पर्छिन् । र्याम्प सो र म्यागजिन फोटो सुटमा अगाडी रहेकी कार्की भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी थिइन् । ५ फिट ८ इन्च उचाइ रहेको सबिताले कार्यक्रममा उत्कृष्ट १३मा स्थान बनाउन सफल भएकी हुन् । उनी अन्तर्रा्ष्ट्रिय फेशन प्रतियोगितामा सहभागी जनाउने दोस्रो नेपाली युवती भएको नियोस्टफले जनाएको छ । यसअघि सन् २०१२ मा आस्था पोखरेल एसियाज नेक्स्ट टप मोडलमा सहभागी भएकी थिइन्। यस पटक इन्डियाज नेक्स्ट टप मोडलको निर्णायकका रूपमा मिलिन्द सोमान, मलाइका अरोरा, अनुशा डन्डेकर र निरज गाबा रहेका छन्। उक्त सो शनिवारबाट सुरु हुने छ ।