फिल्म ‘ऐँचो पैँचो’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलर केही समय अगाडी सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा प्राय सबै कलाकारलाई स्थान दिएको छ ।  

 

 

 

 

 

 

 

कृषा चौलागाईको निर्देशनमा तयार भएको फिल्ममा वर्षा राउत र स्वस्तिमा खड्काको साथमा मुकुन भुषाल, सुशील सिटौला, राजाराम पौडेल, कोसिस क्षेत्री, रवीन्द्र झा, बुद्धि तामाङ, सरिता गिरि लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म भदौ १४ गते बाट रिलिजमा आउँदै छ ।