नायिका पूजा शर्मा  र नायक कुन्साङ बोम्जनको मुख्य भूमिका रहने फिल्म ‘दान्भी’ को छाँयाकन सुरु गरिएको छ । रुपेश तामाङको निर्देशन रहने फिल्मको दृश्य कैद काठमाडौँको नैकापमा तयार पारिएको सेटमा क्लाइमेक्सको छायांकन सुरुवात गरिएको हो। फिल्ममा शर्मा एक्सन नायिकाको रूपमा प्रस्तुत हुने छिन्  । फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रूपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह-निर्माता हुन् । फिल्ममा पूजा टाइटल क्यारेक्टरमा रूपमा रहेकी छन्