फिल्म ‘रङ्गेली ग्याङ्स्टर्स’को नाम परिमार्जित गर्दै रिलिज घोषणा सार्वजनिक गरिएको छ । ‘रङ्गेली’ टाइटल राख्दै निर्माण टिमले फिल्म रिलिज मिति घोषणा सहितको पोस्टर सार्वजनिक गरेका हुन् । आगामी महाशिवरात्रिको अवसर पारेर फागुन २५ गते फिल्म प्रदर्शनमा आउने भएको छ ।अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् । आगामी भदौ २० गतेबाट मोरङ जिल्लाको रङ्गेलीमा फिल्मको छायांकन सुरु गर्ने निर्माण टिमको योजना छ । फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापतिले फिल्मको छायांकन गर्नेछन् । फिल्ममा दया र मिरुनाको अलावा अर्पण थापा, प्रवीण खतिवडाको पनि अभिनय अभिनय रहनेछ ।