फिल्म वितरक गोविन्द शाहीले अब विदेशी फिल्म पनि नेपालमा रिलिजको सुरुवात गर्ने भएका छन् । नेपाली फिल्म वितरणमा पहिलो नम्बरमा रहेका शाहीले पहिलो पटक विदेशी फिल्मको वितरण सुरु गरेका हुन् । उनले आगामी शुक्रवार अर्थात् १७ अगष्टबाट विश्वभरका फिल्म घरमा रिलिज हुने बलिउड फिल्म ‘घुमर’ र ‘ड्रिमगर्ल २’को नेपाल प्रदर्शन अधिकार खरिद गरेका हुन्।‘ड्रिमगर्ल २’मा आयुष्मान् खुराना, अनन्या पाण्डे, अन्नु कपुर, परेश रावल, अभिषेक बनर्जी, विजय राज, राजपाल यादव, मनोज जोशी र सीमा पौवा लगायतका कलाकारको अभिनय रहेको छ । साथै आर बाल्कीले निर्देशन गरेको फिल्म `घुमर´ मा सावाना आज्मी, अभिषेक बच्चन, सायमी खेर र अङ्गद वेदीको मुख्य भूमिका रहेको छ ।