निर्देशक सुदर्शन थापाको निर्देशन र निर्माण रहने फिल्म ‘रावायण’को चर्चा अहिले यती बेला सिने बजारमा चलेको छ । बलियो टिमअप बनेको फिल्ममा अभिनेता अनमोल केसी, नीति शाह, कामेश्वर चौरासिया, शिल्पा मास्के यसअघि नै फिल्मको मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । हालै मात्र अभिनेता प्रमोद अग्रहरी पनि फिल्ममा अनुबन्धित भएका छ्न् । एक्सन लभस्टोरी जनरामा निर्माण हुने फिल्म सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुनेछ । फिल्मको कथा, पटकथा तथा संवाद शिवं अधिकारीले लेखेका हुन् ।आगामी भाद्रबाट फ्लोरमा जाने फिल्म ‘रावायण’को प्रि-प्रोडक्सनमा व्यस्त छन् । अन्य कलाकारहरु पनि फिल्ममा देखिने निर्माण टिमको भनाइ छ ।