फिल्म 'जय हो´ को तेस्रो गीत सार्वजनिक गरिएको छ ।'सपनाको वेडिङ्ग' बोलको गीतमा शब्द, सङ्गीत तथा स्वर अभिनेता सलोन बस्नेतकै रहेको छ । गीतको भिडियोमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् ।टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा शोभित बस्नेत प्रस्तुतकर्ता रहेका छन् ।फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको सङ्गीत छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा केकी र सलोनका अलावा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको कुमार थिङ र सुबि मगर अभिनय रहेको छ ।आगामी भाद्र ८ गतेबाट फिल्म प्रदर्शनमा आउँदै छ ।