आजबाट नाटक `हराएकी म ´रातो पुल स्थित ओजस थिएटरमा मञ्चनमा आएको छ । पुष्पराज अवस्थीको निर्देशन र रूपान्तरण रहेको नाटक आज भदौ १ गते देखी ३ गते सम्म मञ्चन हुने छ । नाटक ३ दिन मात्र देखाइने छ । नाटकका सहायक निर्देशक भरत महर `बिटि´ हुन् ।लोयोला सेकेन्डरी स्कुलको प्रस्तुति रहेको नाटक दिउसो ११ बजे र १ बजे मञ्चन गरिने छ । नाटकमा कलाकारहरू श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुति भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुँवर , आयुशा सुजी, जेनिशा आचार्य , समृद्धि पान्डे, आरुस गौतम , आरभ पुरी, जस्टिन थापा, द्र्ब्यता, हिमाल तामाङ , कुशुवाह, कौशल पान्डे, काब्या शर्मालाई देख्न सकिन्छ ।