आजबाट दुई नेपाली फिल्म रिलिजमा आएको छ । फिल्म ‘हिँड्दा हिँड्दै’ र ‘जुलेबी’ आजबाट देशभरको सिनेमाहलहरुमा प्रदर्शनमा आएको छ । ‘जुलेबी’ लाई फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा चार नारी पात्रको कथा समेटिएको छ। फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक गणेश देव पाण्डेको निर्देशन र विवेक खड्काको छायाङ्कन रहेको फिल्मको सम्पादन अन्जय खड्काले गरेका हुन् । फिल्मको कार्यकारी निर्माता नवीन भट्ट हुन् । फिल्मलाई निर्मात्री आभा शर्मा नेपालले निर्माण गरेकी हुन् । यसै गरी ‘हिँड्दा हिँड्दै’ लाई मिलन आले मगरले निर्देशन गरेका हुन् । अभिनेता द्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मलाई नारायण सुशील पङ्गेनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा आकाश, सलोन र रेखासँगै सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय हेर्न सकिन्छ ।