`मिस युनिभर्स नेपाल २०२३' का प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको छ । उमंग क्रियसनको आयोजना रहेको मिस युनिभर्सको २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको हो। जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बानियाँ, बुद्धसार सुनार, पूजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनुको सहभागिता रहेको थियो । ती मध्य दुई जना विवाहित र एक जना जना ट्रान्स महिलाको समेत सहभागिता रहेको छ । तस्विर : किरण बिष्ट
५०० जना सहभागीतहरु मध्य आयोजक टिमले २२ जनालाई मात्र छनौट गरेका हुन् । भदौ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा फिनाले कार्यक्रम आयोजना गरिने छ । उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीको अनुसार कार्यक्रममा विजेता हुनेले एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । जुन कार्यक्रम नोभेम्बरमा एलसाल्वा डोरमा हुने छ । विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वासका साथै सुन्दरीहरूको प्रतिमूर्तिका रूपमा स्थापित हुनका लागि यो उत्कृष्ट अवसर रहेको आयोजक उद्धव अधिकारीको भनाइ छ ।