नेपाली सिनेमा उद्योगका लागि आशा लाग्दो नाम हो, सन्दीप बाबु लोहनी । सिने क्षेत्रमै केही गर्छु भन्ने उदश्यका साथ लगभग ५ वर्ष अघि मात्र यस क्षेत्रमा आएका उनी छोटो समयमै निर्माता निर्देशकको आँखामा परेका कलाकार हुन् । २०७६ सालमा रङ्गमञ्च ` मण्डला नाटक घर´ मा अभिनय सिकेर कलाकारिताको बाटोलाई पछ्याउँदै हाल सम्म आइपुगेका उनले केही फिल्म , म्युजिक भिडियो बिग्यापन र नाटकमा समेत अभिनय गरेका छन् । सुदर्शन थापा निर्देशित फिल्म `सम्हालिन्छ कहिले मन ´उनको डेब्यु फिल्म हो । उक्त फिल्ममा उनकोसानो रोल् मात्र थियो । यसै गरी उनले `म राजेश हमाल, कौशिद, अदृश्य साथै केही महिना अघि मात्र रिलिज भएको फिल्म `फूलबारी´ मा समेत अभिनय गरेका छन् l उक्त फिल्महरूमा उनको सानो रोल् मात्र थियो । ती रोलबाट दर्शकको नजरमा खासै नपरेता पनि निर्माता निर्देशकको नजरबाट भने उनी हट्न सकेनन् । यी मध्य `अदृश्य´ पनि रिलिज भैसकेको छ ।तर यस फिल्मले खासै उनलाई उचाइमा पुर्याएन । तर सो फिल्मबाट भने उनले सिक्ने मौका पाए ।
अब उनै सन्दीप अभिनीत फिल्म `सतीदेवी´ रिलिजको तयारीमा रहेको छ । मुख्य भूमिकामा उनी यस फिल्ममा देखिँदै छन् । नायिका मलिका महतसँग स्क्रिन सेयर गरेका सन्दीप यस फिल्मबाट धेरै आशावादी रहेको बताउछ्न् । रङ्ग पत्रकार लक्ष्मण सुवेदीको निर्देशन तथा निर्माण रहेको फिल्मको रिलिज मिति भने सार्वजनिक गरिएको छैन । सन्दीप हालै मात्र अर्को नयाँ फिल्म `काजी´मा पनि अनुबन्धित भएका छन् । फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दै छन् । भने निर्माण राम प्रसाद रिजालले गरेका छन्। फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेका छन् । फिल्मको कथा `गणपति´ निर्देशक सविन अधिकारी र असीम काफ्लेको रहेको छ ।