हीट गीत `बैनी झ्यालैमा´ को फिमेल भर्सन सार्वजनिक गरिएको छ । गायत्री राना मगरको आवाज र प्रकाश दूतराजको शब्द साथै संगीत रहेको गीतको भिडियो निर्देशन निशान एस के ले गरेका हुन् । 

कृष्ण बिके (भान्जा) को म्युजिक एरेन्ज रहेको गीतको भिडियोमा कमल देवकोटा र प्रिया मगर फिचर्ड छन् । नवीन गिरीले दृश्य कैद गरेको भिडियोलाई नीराजन केसीले सम्पादन गरेका हुन्  । सार्वजनिक भिडियोलाई गायिका मगरकै अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।