यही यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’ अष्ट्रेलियामा ८७ शो पाएको छ । नमस्ते इन्टरटेनमेन्ट (देव कार्की)ले अष्ट्रेलियाको न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेर गरी ८ सहरका हलमा फिल्म प्रदर्शन गर्न लागेको हो । यसै गरी नेपालमा भने फिल्मको शो छुट्टाइ सकिएको छैन । एडभान्स बुकिङ खुलाइसकेता पनि फिल्मको बाँडफाँड आज बेलुका सम्म छुटाइसक्ने बताइएको छ । टेक पौरखी राईको निर्देशन रहेको फिल्मलाई सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । सौरभ लामाको छायांकन रहेको फिल्मको प्रस्तुतकर्तामा शोभित बस्नेत छन् । फिल्ममा सलोन बस्नेत , केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ, सुबि मगरको पनि अभिनय रहेको छ ।