भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । बुधवार काठमाडौँको रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा कलाकर्मी देखी फिल्म क्षेत्रका अग्रज ब्याक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्मको प्रशंसा हुनुका साथै फिल्मलाई रुचाइएको थियो  । हरिवंश आचार्य ,गौरी मल्ल,विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, पूजा शर्मा लगायतको प्रिमियरमा उपस्थिति रहेको थियो । अभिनेत्री गौरी मल्लले फिल्ममा केकी अधिकारीको काम उत्कृष्ट लागेको बताइन् । उनले सलोनको अभिनयको पनि तारिफ गरिन् । यसै गरी अभिनेता भुवन केसीले सलोन बस्नेतले फरक भूमिकामा पनि प्रशंसनीय काम गरेको बताए । उनले भने, ‘सलोनलाई कमेडी भूमिकामा बढी देखिएको थियो । यसमा उसको भिन्न रोल रहेको बताए । फिल्ममा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेका छन् ।शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छन् । फिल्म कमेडी-लभ स्टोरी कथामा बनेको छ । टेक राई निर्देशित फिल्ममा सलोन र केकीको अलावा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ, सुबि मगरको पनि अभिनय रहेको छ ।