माटो ब्रान्डको सातौँ स्टोर बुढानीलकण्ठमा खुलेको छ ।नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्रान्डको सातौँ स्टोरलाई बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको हातबाट उद्घाटन गराइएको हो । २०७५ सालमा स्थापना गरिएको माटो अहिले बुढानीलकण्ठसँगै बानेश्वर, नक्साल, नारायणथान, गोल्फुटार तथा ललितपुरको झम्सिखेल र सानेपामा माटोका स्टोरहरू सञ्चालन भइरहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन् ।देशभरका स्थानीय फार्महरूबाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउने लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाईंकुण्डको स्प्रिंग वाटर, चितवनको मह, इलामको शुद्ध गाईको घ्यू र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने माटोले प्रोत्साहन गरिरहेको कम्पनीले जनाएको छ ।माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी सेवा पनि दिइरहेको छ ।