आज शुक्रवारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘जय हो’ र ‘महानगर’ आजबाट प्रदर्शनमा आएको हो । मोहन राईद्वारा निर्देशित ‘महानगर’मा अभिनेता कर्मा शाक्य र मेनुका प्रधान मुख्य भूमिकामा छन् । नरेन्द्र मैनालीको छायाङ्कन रहेको फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् । फिल्ममा कर्मा र मेनुकाको अलावा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायतको अभिनय छ । यसैगरी सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म `जय हो´ मा अभिनेता सलोन बस्नेत र केकी अधिकारी मुख्य भूमिकामा छन् । फिल्मलाई टेक पौरखीले निर्देशन गरेका हुन् भने फिल्मको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । फिल्ममा केकी र सलोनको अलावा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको पनि अभिनय छ ।