अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम फिल्म ‘ह्यासट्याग माया’को दृश्यलाई समेटेर म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘माया’ बोलको गीतमा एसडी योगीको स्वर-सङ्गीत र राम अविरल विष्टको शब्द रचना छ ।गीतमा सारुकले फिल्ममा अभिनय गरेका दृश्यहरू समावेश छन् । उनको अपोजिटमा निकिता आचार्य फिचर्ड छिन् । फिल्मको लागी तयार पारिएता पनि केही महिना अघि आफ्नै निवासमा मृत फेला परेका सारुकलाई सम्झना गर्दै निर्माण टिमले यो गीत सार्वजनिक गरेका हुन् । 

 

फिल्म ‘रानी’बाट अभिनेताको रुपमा डेब्यू गरेका सारुकले त्यसपछि ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’मा काम गरेका थिए । उनी ५ वर्षपछि ‘ह्यासट्याग माया’बाट फिल्ममा फर्किएका थिए ।