सुपर हिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को निर्माण घोषणासँगै स्टारकास्ट तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मको मिति सार्वजनिक गरेका हुन् । फिल्मको प्रदर्शन मिति आगामी चैत ९ गते उल्लेख छ । निर्देशक प्रदीप भट्टराईको निर्देशन तथा लेखन् रहेको फिल्मलाई षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिन लागिएको हो । फिल्मको निर्मातामा म्याक्स दिपेश खत्री र यत्रश्वर पौडेल छन् भने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् ।