मिस युनिभर्स नेपाल– २०२३ को फाइनलमा टाइटल प्रायोजन हुने भएको छ ।अमेरिकी प्रविधिबाट उत्पादित हेयर–केयर ब्राण्ड ट्रु–मीले ट्रु–मीको आधारिक विक्रेता कम्पनी ट्रु डेर्मा एसए प्रालिका अनुसार ट्रु–मीले मिस युनिभर्स नेपाल– २०२३ का लागि ‘ट्रु ब्युटी’ शीर्षकको विधा प्रायोजन गर्ने भएको हो । उमङ्ग क्रिएशनका संस्थापक उद्धव अधिकारी र ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट दीपक जैसवालले हस्ताक्षर गर्दै प्रायोजनको सम्झौता गरेका हुन् ।मिस युनिभर्स नेपाल– २०२३ को फाइनल भने ९ सेप्टेम्बरमा हुँदै छ । प्रतियोगिताको यो चौथो संस्करण हो । ट्रु–मी अघिल्लो महिना मात्रै आफ्ना उत्पादनहरू नेपाली बजारमा ल्याएको थियो। आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलब्ध हुने जनाएको छ । केरा टिन, स्याम्पु, ट्रिटमेन्ट, हेयर सिरम, वाक्स लगायत कस्मेटिक उत्पादनहरू समेटिएको ट्रु–मीका हेयर–केयरका सामग्री त्यत्तिकै गुणस्तरीय पनि रहेको कम्पनीको भनाइ छ ।