पुत्र वियोगमा रहेका अभिनेता सारुक ताम्राकारको बुबा यानिकि कलाकार सानु ताम्राकारको पनि निधन भएको छ ।शनिवार नर्भिक अस्पतालमा उपचाकार क्रममा उनको  निधन भएको हो । ७५ वर्षिया ताम्राकार मिर्गौला समस्याबाट पीडित थिए ।उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।शास्त्रीय नृत्यमा पारङ्गत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए । उनी प्रख्यात जादुगर पनि हुन्  ।