फिल्म 'दुई कदम'को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । उदय सुब्बाको निर्देशनमा निर्माण भएको फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीलाई प्रस्तुत गरिएको छ  । यसै गरी फिल्मको दोश्रो पोस्टरमा अभिनेता गौरव पहारी र सिमोन गिरीलाई देख्न सकिन्छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।  फिल्ममा गौरव, इओन र सिमोनका अलावा सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भूमिका निवार्ह गरेका छन् ।दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन फिल्ममा रहेको छ ।फिल्म मङ्सिर २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।