रिलिज मिति नजिकिँदै गर्दा फिल्म ‘एक भगवत् गीता’ निर्माण टिमले प्रचार प्रसार सुरु गरेको छ । भाद्र २९ गते बाट प्रदर्शनमा आउन लागेको फिल्मको सिटी सेन्टरमा आयोजित ३६० टिकटकमा फ्यानसँग फिल्मको गीत ‘मायालाई चिनो’मा टिकटक बनाउँदै प्रचार सुरु गरिएको हो ।सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्मको संवाद झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा परिक्षेद र पुरुषोत्तमले लेखेका हुन् । अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज मगर सुहाना थापा , विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ । फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष् अविरल र प्रवेश मल्लिेकको सङ्गीत रहेको छ ।