फिल्म ‘ह्वाइट हाउस’  मा नायिका आँचल शर्मा र गरिमा शर्मा अनुबन्धित भएका छन् । सविनकुमार तोलाङ्गीको निर्देशन रहने फिल्मको छायाङ्कन नेपाल र अस्ट्रेलियामा हुनेछ । तिहारपछि यो फिल्मको छायाङ्कन अस्ट्रेलियामा गर्ने तयारी गरिएको हो ।फिल्ममा नायिका आँचल शर्माको जोडीको रुपमा नायक रमेश उप्रेतीले काम गर्दै छन् । गरिमाका लागि भने निर्माणपक्षले जोडी खोजिरहेको छ ।