फिल्म ‘ऐँचो पैँचो’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका चेनमा अहिलेसम्म २५ शो उपलब्ध गराएको छ ।अहिलेसम्म बुकिङ खुलेका हलहरू मध्ये एफक्युब सिनेमाले ४ शो, वान सिनेमाज्ले ५ शो, बिएसआरले ३ शो उपलब्ध गराएका छन् ।कृषा चौलागाईको डेव्यु निर्देशकिय फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । आगामी भाद्र १४ अर्थात् जनै पूर्णिमाको अवसर पारेर बिहीबारबाट नै प्रदर्शनमा आउन लागेको हो ।